काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ७५ रुपैयाँमा खरिदविक्री भएको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!