साउन २० , काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्षाका कारण स्थगित गरेको जनजागरण अभियान भदौ तेस्रो सातादेखि पुनः सञ्चालन गर्ने भएको छ।
पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले अभियानलाई मध्यपहाडी लोकमार्ग केन्द्रित गर्दै अघि बढाउने निर्णय गरेको हो। साथै, पार्टीले दसैंपछि केन्द्रीय समिति बैठक डाक्ने र सो बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने बताइएको छ।
बैठकले संगठनात्मक एकता, वैचारिक स्पष्टता, र कार्यान्वयनमा एकरूपता सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ।