आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home शिक्षाहाजिरजवाफ तथा हाँडी फुटाई प्रतियोगिता सम्पन्न

हाजिरजवाफ तथा हाँडी फुटाई प्रतियोगिता सम्पन्न

by herdaherdaimedia
0 comments 4 views

दोलखा – गौरीशंकर गाउँपालिकाको आयोजनामा सबै वडाका शिक्षकबीच हाजिरजवाफ र जनप्रतिनिधि र शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार दशैँ र तिहारको अवसरमा शुभकामना आदानप्रदान सहित वडा नम्बर ५ स्थित हलेश्वर माध्यमिक विद्यालय सुरीमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका शिक्षकहरुबीच हाजिरजवाफ तथा जनप्रतिनिधि र शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता सम्पन्न भएको हो।

पालिका भित्रका वडागत शिक्षकबीच भएको हाजिरजवाफ प्रतियोगितामा वडा नं. ४ विजेता बनेको छ । दोस्रो स्थानको लागि चारवटा टिमको बराबर अंक आएपछि गोलाप्रथा बाट छनोट गरिएको थियो । जसमा वडा नं. २ ले दोस्रो र वडा नं. ३ ले तेस्रो स्थान हासिल गरेको छ । विजेता टिमले क्रमश ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी, जनप्रतिनिधि र शिक्षकबीच भएको हाँडी फुटाइ प्रतियोगितामा निलकन्ठेश्वर आवासीय विद्यालयका शिक्षक रोशन कार्की प्रथम भएका थिए ।
कार्यक्रममा साँस्कृतिक नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाका शिक्षा अधिकृत भीमसेन बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा विश्वास कार्की थिए भने पालिका भित्रका सबै जनप्रतिनिधि तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment