आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

हाम्रो सूर्याेदय सहकारीका पूर्व सञ्चालकको आत्महत्या प्रकरणः कता जाला अनुसन्धान?

Home Bannerहाम्रो सूर्याेदय सहकारीका पूर्व सञ्चालकको आत्महत्या प्रकरणः कता जाला अनुसन्धान?

हाम्रो सूर्याेदय सहकारीका पूर्व सञ्चालकको आत्महत्या प्रकरणः कता जाला अनुसन्धान?

by herdaherdaimedia
0 comments 4 views

चरिकोट, ०६ फागुन । झण्डै ३३ लाख रुपैयाँ चोरी भएको भनिएको दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ स्थित हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व सञ्चालक (कोषाध्यक्ष) एवं हालका घरधनी कपिलमणी न्यौपानेले शनिबार बिहान आत्महत्या गरे । आत्महत्या गर्नुपूर्व सामाजिक सञ्जाल फेसबुकमा आफूलाई सहकारीका पूर्व सञ्चालक र अन्य केही व्यक्तिले बाँच्न नसक्ने स्थितीमा पुर्याएको स्टाटस पोस्ट्याएका उनको शवको पोष्टमार्टम हुन सकेको छैन ।

हालै सम्पन्न जिल्ला अधिवेशनबाट एमालेका जिल्ला कमिटी सदस्यमा निर्वाचित न्यौपानेले आत्महत्या गर्नुमा प्रहरी प्रशासन मूख्य दोषी रहेको आरोप लगाउँदै एमाले दोलखाले पोष्टमार्टम हुन दिएको छैन । एमालेले प्रहरी (विशेषगरी डिएसपी र ईन्स्पेक्टर) को अत्याधिक मानसिक टर्चरका कारण आफ्ना नेताले आत्महत्या गरेको जिकिर गरेको छ । न्यौपानेको शव शनिबार दिउँसो नै सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृती अस्पतालको शवगृहमा राखिएको छ । एमालेले शनिबार साँझ मृतकका परिवार र आफन्तलाई साथमा लिएर जिल्ला प्रहरी कार्यालय अगाडी र चरिकोटको मूख्य चोक सातदोबाटोमा टायर बालेर प्रहरी प्रशासनका विरुद्धमा नाराबाजी र प्रदर्शन गरेको थियो । प्रदर्शनको नेतृत्व एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ आफैले गरेका थिए ।

यता न्यौपानेको सुसाइड नोटमा भने आफूलाई प्रहरीले मानसिक रुपमा टर्चर दिएको कुरा कतै उल्लेख छैन । बरु उनले आफूले लिएको ऋणको हिसाब देखाउने क्रममा एमाले अध्यक्ष श्रेष्ठले पनि उक्त रकम प्रयोग गरेको खुलाएका छन् । उनले आफूलाई सहकारीका सञ्चालकका साथै पवटी हेल्थपोष्टका स्टाफहरुको आपराधिक योजनामा फसाउन खोजिएको भन्दै उनीहरुलाई नछाड्न आग्रह गरेका छन् । सहकारीको चोरी काण्ड सञ्चालकहरुले रचेको नाटक भएको र कर्मचारी महेन्द्र भुजेल त्यसको प्रमुख प्रयोग पात्र मात्रै रहेको कुरा पनि उनको स्टाटसमा उल्लेख छ ।

गएको माघ १५ गते राती न्यौपानेकै घरमा कार्यालय रहेको हाम्रो सूर्याेदय साकोसको कार्यालयबाट ३२ लाख ८७ हजार चोरी भएको घटना बाहिरिएपछि प्रहरीले छानविनका लागि पूर्व सञ्चालक समेत रहेका घरधनी न्यौपाने र सहकारीका कर्मचारी महेन्द्र भूजेललाई नियन्त्रणमा लिएर छाडेको थियो । उक्त समयमा उनीहरुलाई छाड्न एमालेकै नेताको ठूलै दवाव खेपेको दोलखा प्रहरीले पछिल्लो पटक पुनः न्यौपाने र भूजेल सहित सहकारीका अर्का कर्मचारी र एक स्थानीय युवालाई नियन्त्रणमा लिएर पोलिग्राफ परिक्षण गरेको थियो । परिक्षण पश्चात न्यौपाने र भूजेललाई बिहिबार छाडे पनि प्रहरीले बाँकी दुई जनालाई भने छाडेको छैन । प्रहरी स्रोतका अनुसार उक्त घटनाको अनुसन्धान करिब करिब अन्तिम मोडमा पुग्न लागेको अवस्थामा न्यौपानेको आत्महत्याले घटनामा नयाँ मोड थपिदिएको छ ।

न्यौपानेले आत्महत्या अघि लेखेको स्टाटसमा सहकारीका सञ्चालकहरुबाटै घोटाला रहेको कुरा उल्लेख गरेपछि एउटा कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले फरक कोणबाट अनुसन्धान सुरु गरेको छ । प्रहरीले आइतबार बिहानै सहकारीका अध्यक्ष छत्रराज उप्रेती लगायत केही सञ्चालकहरुलाई पवटीमै पुगेर नियन्त्रणमा लिएको छ भने अनुसन्धानका लागि कर्मचारी भुजेल पनि पुनः हिरासतमा तानिएका छन् । विभिन्न तरिकाबाट अनुसन्धान गर्दा पनि घटनाका सम्बन्धमा खास क्लु फेला पार्न नसकेको प्रहरीलाई न्यौपानेको आत्महत्यासँगै दोषी पहिचानमा थप मुश्किल पर्ने देखिएको छ । त्यसमाथि प्रहरीकै कारणले आफ्ना नेताले आत्महत्या गरेको भनेर एमाले दोलखाले थपेको ट्विस्टसँगै मृतक प्रतिको आम सेन्टिमेन्टले खास मुद्धाको अनुसन्धान फितलो त बन्दैन भन्ने आशङ्का समेत बढेर गएको छ ।

स्रोतका अनुसार सहकारीका शेयर सदस्यको नाममा आइतबार सदरमुकाम चरिकोटमा मानिसहरु उतारेर प्रहरीका विरुद्धमा आन्दोलन गर्ने एमालेको तयारी छ । खासगरी हालका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी दिपक खड्का प्रति सुरुबाटै सकरात्मक नरहेको दोलखा एमाले यही घटनाबाट डिएसपी खड्कालाई ठीक लाउने दाउमा छ । आफ्ना केही व्यक्तिगत आचरणका कारण कहिलेकाँही विवादमा आउने डिएसपी खड्का जिल्लामा कांग्रेस र नेकपा माओवादी केन्द्र निकट रहेको एमालेको बुझाइ छ । शनिबार बेलुकी एमाले अध्यक्ष नर बहादुर श्रेष्ठकै नेतृत्वमा भएको प्रदर्शनका क्रममा पनि एमालेका कार्यकर्ताहरुले डिएसपी खड्काका विरुद्धमा तथानाम नाराबाजी गर्नुको साथै उस्तै परे जिल्ला प्रहरी कार्यालयमै आगो लगाउने जस्ता उत्तेजित भाषण गरेका थिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment