हिउँदे पानी नपरेपछि दोलखाका किसान चिन्तित

दोलखा। दोलखामा समयमै हिउँदे पानी नपरेपछि किसान चिन्तित बनेका छन्। फागुन महिना सुरु हुदाँ सम्म दोलखाका उच्च भेगमा चाहिने अनुसारको हिमपात र वेसीहरुमा चाहिँने पानी नपरेपछि आलु तथा तरकारी लगाएत अन्नखेतीका किसान चिन्तित बनेका हुन् ।

गत बर्षको तुलनामा माघ महिना देखि नै भारी हिमपात सहित हिउँदे वर्षा सुरु भएकोमा यस वर्ष भने फाल्गुन महिना सुरु हुदाँ सम्म न त भारि हिमपात नै भएको छ न त हिउँदे पानी परेको छ । जिल्लाको उच्चा भेग शैलुङ, खरिढुङ्गा लगाएतका स्थानहरूमा अहिले आलु रोपनी काम धमाधम सुरु भइरहेको छ। तर यो समयमा हिमपात तथा पानी नपर्दा आलु नउम्रने हो कि भन्ने चिन्तनमा छन् शैलुङ ३ का सौगात तामाङ।

गत वर्षमा समयमै हिमपात र हिउँदे पानी पर्दा आलुलाई राहात मिलेको र सिन्चाईको भर नपरेको उनले बताए। तर यो वर्ष सिँचाइ गर्नको लागि पानीको मुहान सुक्दै गएकोले आकाशे पानीको भर परिरहेको उनको गुनासो छ । त्यस्तै सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा भने गहुँ,जौ, तोरी, सागसब्जीमा पानी लगाउन नपाउँदा अन्नबाली बोटमै सुक्दै गएको यहाँका किसानको दुखेसो छ । 

समयमै हिमपात र हिउँदे पानी परेको भए अन्नबाली राम्रै फस्टाउने थियो तर यो वर्ष समयमै पानी नपरेपछि अन्नबाली राम्रो उत्पादन नहुने किसानहरूको गुनासो छ ।

 

 

Related posts

आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशभर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना