१० किलो गाँजासहित २१ वर्षीया युवक पक्राउ

काठमाडौं ।

सर्लाहीमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

जिल्लाको व्रम्हपुर गाउँपालिका ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ वर्षीया पंकज साहले घरमा लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता