आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचार१७ औँ गणतन्त्र दिवस :३ दिन जिल्ला समन्वय समितिले भव्य रुपमा मनाउने निर्णय 

१७ औँ गणतन्त्र दिवस :३ दिन जिल्ला समन्वय समितिले भव्य रुपमा मनाउने निर्णय 

by herdaherdaimedia
0 comments 4 views

दोलखा । दोलखामा यो वर्ष गणतन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ । जेठ १४ देखि १६ गते सम्म १७ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ।

समन्वयले गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार जिल्ला समन्वय समितिका प्रमुख घतानीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरि कार्यक्रमको समयतालिका सार्वजनिक गरेको छ ।‌जसअनुसार जिल्लास्तरमा गठित समितिबाट आयोजना हुने कार्यक्रममा जिल्लामा जेष्ठ १५ गते बिहान साढे ७ बजे भीमेश्वर नगरपालिकास्थित चरिकोट सातदोबाटोमा जम्मा भई बाजागाजा र प्रभातफेरी सहितको ऱ्याली शुरु भई पशुपतिडाँडाबाट पुनः सातदोबाटोमा पुगी कोण सभामा परिणत हुने कार्यक्रम तय भएको छ । 

ऱ्यालीमा सम्पूर्ण निजामति कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट,सरकारी तथा निजी अस्पतालका कर्मचारीहरु, चरिकोट सदरमुकामस्थित कालिञ्चोक मावि, पशुपतिकन्या मन्दिर मावि, गौरीशङ्कर क्याम्पस, चरिकोट क्याम्पस, हिम्स कलेज, त्रिपुरा ग्लोरियस एकेडेमी, माउण्टभ्याली एकेडेमी, द राइजिङ स्टार स्कूल, अल्पाइन पव्लिक स्कूल, मोडर्न नेपाल स्कूलमा कक्षा ९-१२ मा अध्ययनरत छात्रछात्राहरु तथा सदरमुकामस्थित सहकारी संस्थाका कर्मचारीहरु तथा सञ्चालहरु अनिवार्य रुपमा औपचारिक पोशाक सहित सहभागी हुनेछन् भने उल्लेखित कार्यक्रमको खर्च लगायतको व्यवस्थापन भीमेश्वर नगरपालिका चरिकोटले गर्ने समन्वयका प्रमुख घतानीले गरेको हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment