आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचार२५०० विन्दुमाथि फर्कियो नेप्से

२५०० विन्दुमाथि फर्कियो नेप्से

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं ।

मंगलबार २५०० विन्दुभन्दा तल झरेको सेयर बजार एक दिनमै पुनः २५०० विन्दुमाथि फर्किएको छ । अघिल्लो दिन २४७० मा रहेको नेप्से आज २५१९ विन्दुमा पुगेको हो ।आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा ४९ दशमलव १८ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार २५१९ दशमलव ५७ विन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले बढी हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९१ अंकले बढेर ४५२ दशमलव ८० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७८ प्रतिशतले बढी हो । आज १३ उपसूचक मध्ये एउटाको मात्रै सेयर मूल्य घटेको छ भने बाँकी १२ वटाको सेयर मूल्य बढेको छ ।नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ८१ करोड बढीको कारोबार भएको छ

। बुधबार सेयर बजारमा ३२७ कम्पनीका १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ६९ हजार ४१८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment