४५ हजार बढीले गरे बडिमालिका दर्शन

बाजुरा, साउन २७ – बाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरमा यस वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

साउन १४ गतेदेखि २३ गतेसम्म मन्दिरमा मुख्य पूजा र मेला लागेको थियो। यस पटक नेपाली सेनाले बनाएको नयाँ कलात्मक मन्दिर पनि आकर्षणको केन्द्र बन्यो। भक्तजनहरूले रातभर लाइन बसेर दर्शन गरेका थिए।

धार्मिक विधिअनुसार ९ दिनसम्म विशेष पूजा (नवाह) गरियो। देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनहरू आएका थिए।

बडिमालिका समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा छ। यहाँबाट हिमाल, हरियाली पाटन, दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पनि देख्न पाइन्छ।

यद्यपि, बाटो राम्रो नभएको, खानेपानी, शौचालय र बासको राम्रो व्यवस्था नभएकाले भक्तजनहरूलाई समस्या परेको छ। स्थानीयले राज्यले ध्यान दिनुपर्ने माग गरेका छन्।

Related posts

बिरौटा समाज मेलुङद्वारा काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउ न’ गित सार्वजनिक 

एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग दोलखाको हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न