भोलिदेखी सुरु हुने तेस्रो बृहत दोलखा महोत्सवको तयारी पुरा, मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

राजकुमार भुजेल,दोलखा।

सदरमुकाम चरिकोमा भोलिदेखी सुरु हुने “तेस्रो बृहत दोलखा महोत्सव २०८१” को तयारी पुरा भएको छ। “दोलखाको पहिचान कृषि, पर्यटन र पानी स्थानीय उत्पादन र उद्यमशिलतामा लगानी” भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सव फाल्गुन ६ गतेदेखि १८ गतेसम्म सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा दोलखा उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको हो। जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवको औपचारिक उद्घाटन  विहान ११ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिए। जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति,स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी,महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन हुने संघले जनाएको छ। त्यस्तै यो पटक महोत्सव करिब १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने अनुमान गरिएको छ। 

महोत्सवको अवसरमा विभिन्न सेवा तथा सुविधामा आकर्षक छुटको व्यवस्था गरिएको छ ।  यस्तो छ छुट हेर्नुहोस –

दोलखा कालिन्चोक केबलकार – १०% छुट

दोलखा होटल व्यवसाय – २५% छुट

ट्याम्पु सेवाहरू – १०% छुट

रोल्वालिङ यातायातका गाडी भाडा – १५% छुट

इलेक्ट्रिक सवारी (EV) सेवा – १०% छुट

रहेको संघले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता