काठमाडौं। चर्चित गायक खुमन अधिकारीको “कालो कपाल पारेर फरर” तिज गीत सार्वजनिक भएको छ। शनिबार देखि मात्रै उक्त तिज गीत सार्वजनिक भएको हो।
खुमन अधिकारी र कल्पना पराजुलीको सुमधुर आवाजमा सजिएको गीतमा संगीता भुजेलको मन छुने शब्द सिर्जना र सुरेन्द्र कार्कीको मन लोभ्याउने संगीत छ भने विष्णु तामाङको म्युजिक एरेन्ज रहेको छ।
समिर ठोकार को कोर्योग्राफर र म्युजिक भिडियो निर्देशनमा चर्चित मोडल द्वय विजयपुन र सन्जिता बोलाखे लुइटेल को धमाकेदार अभिनयमा सुशील डाँकी को छायांकन र सम्पादनमा म्युजिक भिडियो सम्पन्न भएको छ।