रामेछाप। असल मित्र नेपालले रामेछापको मन्थली नगरपालिका -६ का ४ सय ५ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । मन्थली नगरपालिका -६ का निवर्तमान वडा अध्यक्ष गोपाल माझीको अनुरोधमा असल मित्र नेपालले ४ सय ५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो ।
जसमध्ये देवि स्थान आधारभुत विद्यालय जमुनाबोटमा ४९ जना, कालिका मावि भलुवाजोरमा ७० जना, बेतिनी आधारभुत विद्यालय हुलाक डाँडामा १ सय ९ जना, खाडादेवी आधारभुत विद्यालय सेलेघाटमा ४४ जना, सिद्देश्वर आधारभुत विद्यालय हातिटारमा २६ जना, पन्चकन्या आधारभुत विद्यालय कुनौरीमा २३ जना र भिमेश्वर आधारभुत विद्यालय डाँडाखर्कका ८४ जना गरि जम्मा ४ सय ५ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेसनरीका सामाग्री वितरण गरिएको असल मित्र नेपालका अध्यक्ष ज्ञान् बहादुर सुनुवारले बताए ।
सोमबार देखी सस्थाका अध्यक्ष सुनुवारको प्रमुख आतिथ्यतामा आयोजित विद्यालय पोशाक तथा स्टेसनरी सामाग्री वितरण कार्यक्रममा मन्थली नगरपालिकाका कार्यपालिका सदस्य गणेश माझि, मन्थली नगरपालिका -६ का निवर्तमान वडा अध्यक्ष गोपाल माझी, खेलकुद प्रशिक्षक तथा समाजसेवी सुक्र माझी, समाजसेवी नबराज माझी, शिक्षक, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।