काठमाण्डौ । आउँदै गरेको दशैँका लागि १८ सय हजार खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्रिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि उक्त परिमाणमा खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्र्याउने भएको हो ।
सम्भवतः असोज लागेसँगै खसी, बोक र च्याङ्ग्रा भित्र्याउने क्रम सुरु हुने कम्पनीले जनाएको छ ।खसी र बोका हेटौँडा र दाङबाट र च्याङग्रा हिमालपारिको जिल्ला मुस्ताङबाट भित्र्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले १५ सय वटा खसी बोका र ३ सय वटा च्याङ्ग्रा ल्याउने बताएको छ । कम्पनीले यस वर्ष खसी बोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीले खसी बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । अघिल्लो वर्ष कम्पनीलाई खसी बोका र च्याङ्ग्रा ल्याउदा घाटा भएपछि यो वर्ष कम बजेट छुट्टाइएको हो ।
कम्पनीले गत वर्ष २ हजार खसी बोका र ५४२ वटा च्याङ्ग्रा राजधानी भित्र्याएको थियो । गत वर्ष ल्याइएका कुल च्याङ्ग्राामध्ये ४७ च्याङ्ग्रा बिक्री भएको थिएन । कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए ।