अबिरल बस्नेत ` सुरज ´
दोलखा – स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा देशभरीकै उत्कृष्ट ठहरिएपछि शैलुङ गाउँपालिकालाई सम्मान गरिएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको बैठकले गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठलाई सम्मान गरेको हो ।
नवौं जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समिति दोलखाले समेत अध्यक्ष श्रेष्ठलाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा दोलखाको ९ स्थानीय तहमध्ये शैलुङ गाउँपालिका पहिलो भएको थियो । स्वमूल्यांकनको गुणस्तर परीक्षणमा शैलुङले सबैभन्दा बढी ८५.२५ अंक पाएको छ । यस्तै, दोस्रोमा भीमेश्वर नगरपालिकाले ७५ अंक पाएको छ भने स्वमूल्यांकनमा तेस्रो भएको मेलुङले ७२.२५ अंक पाएको छ ।