आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerदोलखा घर भएका ललितपुरका बाढी पीडितलाई राहत वितरण

दोलखा घर भएका ललितपुरका बाढी पीडितलाई राहत वितरण

by herdaherdaimedia
0 comments 8 views

अबिरल बस्नेत ` सुरज ´

दोलखा । दोलखा घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका बाढी पीडितलाई राहत वितरण गरिएको छ । शनिबार दोलखाका जनप्रतिनिधि तथा माओबादी नेताहरुले ललितपुरको खोकना पुगेर पीडितहरुलाई राहत वितरण गरेका हुन् ।

असोज ११ र १२ गतेको बाढीबाट पीडित ३२ घर परिवारलाई २ बोरा चामल, खाना पकाउने कुकर, कराई, एक सेट ब्लाङ्केट, नुन, तेल, लगायतका खाद्यन्न सामग्री वितरण गरिएको हो ।

राहत वितरण गर्दै गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गाउँमै फर्केर केही ब्यवसाय गर्न चाहनेलाई पालिकाले सहयोग गर्ने बताएका छन् । कालिन्चोक गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र दोलखाका पुर्व पार्टी संयोजक कुल बहादुर बुढाथोकीले आफ्नो ठाउँका जनताको दुखमा जस्तो सुकै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

राहत वितरणमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुका अध्यक्ष रोहित बुढाथोकी, उद्योग बाणिज्य संघ दोलखाका महासचिव सुरेश उप्रेती, नेकपा माओवादी केन्द्र दोलखाका पाटी प्रबक्ता पुष्कर कुमार अधिकारी लगायत उपस्थित थिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment