अबिरल बस्नेत ` सुरज´
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् । उनले दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै, पार्टीको पहिचान कमजोर भएको कारण अब एकल उम्मेदवारीको निर्णय गरिएको उल्लेख गरे।
प्रचण्डले माओवादीको वर्तमान सरकारमा सुशासन र सामाजिक न्यायका पक्षमा अघि बढेको अभियानका कारण जनतामा नयाँ आशा र आकर्षण बढेको बताए। उनले भने, “जनताको सेवा गर्न सरकारमा रहँदा वा नरहँदा अर्थ छैन।”
पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनबाट एकल प्रतिष्पर्धाको तयारी थालेको प्रचण्डले बताए। उनले जनताको अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र पार्टीले यसमा नेतृत्व गर्ने उल्लेख गरे।
कार्यक्रममा उपस्थित पूर्वसभामुख अग्नि सापकोटाले पार्टीको केन्द्रीय समिति प्रचण्डको नेतृत्वमा गोलबन्द भएको जानकारी दिए। उनले पार्टीका सदस्यलाई देश र जनताको हितमा गम्भीर हुन आह्वान गरे।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!