आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारवीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने

वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने

by herdaherdaimedia
0 comments 11 views

काठमाडौं।

वीपी राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ ।

साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए ।भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment