हेर्दाहेर्दै डेक्स, काठमाडौं।
नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।
साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो ।