अबिरल बस्नेत ` सुरज´
दोलखा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाले राष्ट्रिय आरोग्य दिवस र धन्वन्तरी जयन्तीको अवसरमा आवाज नेपालको संरक्षणमा रहेका २९ जना महिला र बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री, खाद्यान्न, र दैनिक उपभोग्य सामग्री वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रमको अध्यक्षता डा. मनोज कुमार चौधरीले गरेका थिए भने कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका सभापति बर्जुराम घतानीले गरेका थिए।
कार्यक्रममा प्रहरी निरीक्षक दाताराम अधिकारी, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की, र डा. सुकृती ढुंगाना लगायतको उपस्थिति थियो। यस अवसरमा तिहार र छठ पर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो।
कार्यक्रमको संचालन वरिष्ठ कविराज निरीक्षक विमल कुमार श्रेष्ठ श्रेष्ठले गरेका थिए।