आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचाररविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

by herdaherdaimedia
0 comments 6 views

हेर्दाहेर्दै डेक्स,काठमाडौं। 

सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेको हिरासतको अवधि १० दिन थपिएको छ।

यस अगाडि अदालतबाट पाएको म्याद सकिए पनि तिहार बिदाका कारण म्याद थप हुन सकेको थिएन। थपिएको म्यादको गणना यस अगाडि तिहार बिदा भन्दा अगाडि म्याद सकिएको दिनबाट सुरु हुनेछ। जिल्ला प्रहरी कार्यालयले रुपन्देहीमा रविलाई पठाउन पत्राचार गरिसकेको छ।

आज सोमबार रविको म्याद थप्न अदालत ल्याउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर केहीलाई नियन्त्रणमा लिएको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment