राजकुमार भुजेल, दोलखा।
दोलखाको तामाकोसी आयोजनाको कवाडी चोरी प्रकरणमा हालसम्म ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।देशकै सबैभन्दा ठूलो राष्टिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युतबाट हराएका महँगो मूल्यका उपकरणहरू चोरिको आरोपमा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाउ पर्नेमा सिंगटीमा कवाडी व्यवसायी गरेर बसेका ४८ वर्षीय विभिचन महतो, विगु गाउँपालिका – १ घर भएका निमा लामा र गौरीशंकर ७ का छिरिङ शेर्पा रहेका छन्। गत असोज १२ गतेको पहिरोले जलविद्युत केन्द्रको हेडवक्स र कन्ट्रोल बिल्डिङ लगायतका संरचनामा ठुलो जनधनको क्षति पुर्याएको थियो। उक्त क्षति हुँदा निस्किएका इलेक्ट्रिक उपकरणसहितका कवाडी सामानहरू तिहारको समयमा हराएका थियो।
तर घटना घटेको करिब १ महिमा पुग्न लाग्दा समेत प्रहरीले मुख्य नाईके समात्न सकेको छैन ।