राजकुमार भुजेल दोलखा।
दोलखामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमेश्वर नगरपालिका ६ चोथाङका ५४ वर्षिय ज्ञान बहादुर तामाङ रहेका छन्।
आज दिउसो सिन्धुपाल्चोकबाट दोलखातर्फ आउंदै गरेको प्रदेश नम्बर ३ ०१-०२४ च २६०४ नम्बरको हाइलग्स गाडीले भिमेश्वर नगरपालिका -६ महादेवखोलामा तमाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
त्यसपछि घटनास्थलबाट उपचारकालागि सदरमुकाम चरिकोट स्थित च्छो-रोल्पा जनरल अस्पतालमा पठाइएकोमा उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत दाताराम अधिकारीले जानकारी दिए।
उनका अनुसार हाल तामाङको शवलाई पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृती अस्पताल पठाईएको छ भने चालक लिशंखु पाखर ७ बस्ने ५३ वर्षिय जेठा तामाङ र सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।