राजकुमार भुजेल,दोलखा।
नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिका – ८ खारेको वडा सम्मेलन सम्पन्न भएको छ।
आइतबार विश्वनाथ खड्काको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गर्दै कार्यसमिति चयन गरेको हो। दोस्रो वडा सम्मेलनका प्रमुख अतिथि पालिकाका अध्यक्ष विस्वास कार्की थिए।
त्यस्तै वाइसिएल नेपाल वडा कमिटीमा मनोज गुरुङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ।