अबिरल बस्नेत `सुरज ´
दोलखा । एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको आयोजनामा बागमती प्रदेश लोक सेवा आयोगको सदस्य पदमा नियुक्त भएका राम खड्कालाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
सोमबार चरिकोटको होटेल किङ्समा आयोजित कार्यक्रममा नव-नियुक्त प्रधानाध्यापकहरू र शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकहरूलाई पनि सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए भने प्रमुख आतिथ्यता पार्टी संयोजक कमल श्रेष्ठ (ज्योति) ले निभाएका थिए। कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, पार्टीका नेता, कार्यकर्ता र दोलखाली शिक्षकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
नवनियुक्त सदस्य राम खड्काले आफ्नो भूमिकालाई जिम्मेवारपूर्ण रूपमा निभाउने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।