दोलखा।
दोलखा समाज अमेरिकाले भिमेश्वर नगरपालिकाका रक्तक्यान्सर पिडित युवालाई १ लाख दशहजार पच्चीस रुपैेंया सहयोग गरेको छ ।
एक महिना देखि बीर अस्पतालमा उपचाररत भिमेश्वर नगरपालिका ५ मथानीका २९ बर्षीय मनिष बस्नेतलाई किमोथेरापी सहित थप उपचारका लागी भारत लैजानुपर्ने भएपछि परिवारको आर्थिक अवस्थाले नधान्ने भएकाले पारिवारिक स्रोतबाट अनुरोध गरिएपछि सामाजिक संञ्जाल लगायतका माध्यमबाट सहयोग अभियान चलाइएको छ ।
यस्तै सामाजिक तथा दैविक अप्ठयारोमा सघाउने समेत उद्देश्यले हालैमात्र गठित दोलखा समाज अमेरिकाकाे विशेष सक्रियतामा आफ्ना कार्यसमितिका सदस्य एवं समाजका शुुभेच्छुकहरुबाट रकम संकलन गरी पिडितका बाबु महेश बस्नेतको खातामा रकम जम्मा गरिएको हो ।
विगतमा समाजले नेपाली चाडपर्वमा चियापान तथा पिकनिक जस्ता कार्यक्रम गरेको थियो । आगामी दिनमा पनि यस्ता सामाजिक कामहरु जारी रहने समाजका अध्यक्ष भोजराज थोकरले बताए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!