दोलखा — तामाकोशी गाउँपालिका–४ मालुस्थित जामुने खोलामा आएको बाढी र पहिरोका कारण भिरकोट–च्यामा हावा सडक खण्ड अवरुद्ध भएको छ। गएराति परेको लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि सडक कटान हुनुका साथै पहिरो खस्दा आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा काठमाडौं जाँदै गरेका सवारी साधनहरू बाटोमै रोकिएका छन्। सवारीमा रहेका यात्रुहरू बिहानदेखि अलपत्र परेका छन्।
स्थानीय बासिन्दा र यात्रुहरूले सडक शीघ्र खुलाउन माग गरेका छन्।