आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home Bannerदोलखामा अविरल वर्षापछि पहिरोको जोखिम, १३ घर परिवारलाई सुरक्षित स्थानमा सर्न सुझाव

दोलखामा अविरल वर्षापछि पहिरोको जोखिम, १३ घर परिवारलाई सुरक्षित स्थानमा सर्न सुझाव

by herdaherdaimedia
0 comments 11 views

दोलखा, विगु (ओराङ) – दोलखाको विगु गाउँपालिका–२ ओराङमा साउन २८ गते रातिदेखि लगातार परेको भारी वर्षाले पहिरोको खतरा बढाएको छ। लगातरको वर्षाले १३ घर वरिपरि जमिन भासिएको र पहिरोको जोखिम बढेको छ।

प्रहरी र स्थानीय प्रशासनले प्रभावित परिवारलाई आफन्तको सुरक्षित घरमा सर्न सुझाव दिएका छन्। प्रहरी टोलीले साउन २९ गते बिहीबार बेलुका घटनास्थलमा पुगेर जोखिममा रहेका घर परिवारलाई सचेत गराएको छ।

सुनमाया तामाङ, डिले तामाङ, भिम कुमार तामाङ लगायत १३ परिवारका घर वरिपरि जमिन भासिएको पाइए पनि केही घरमा क्षति नभएको प्रहरीले जनाएको छ।

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासन र सुरक्षा निकायले आवश्यक कदम चालिरहेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment