आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home घटना/परिघटनादोलखामा बाढी पहिरो : ४ घर बिस्तापित, २ घर उच्च जोखिममा

दोलखामा बाढी पहिरो : ४ घर बिस्तापित, २ घर उच्च जोखिममा

by herdaherdaimedia
0 comments 9 views

दोलखा । गएरातिको बाढी र पहिरोको कारण दोलखाको विगु गाउँपालिका वडा -४ ओलिटारमा ४ घर बिस्तापित भएका छन् भने २ घर उच्च जोखिममा रहेका छन् । शनिबार राती करिब ११:३० बजे गाउँ नजिकै रहेको खहरे खोला थुनिएर आएको बाढी र पहिरोले यस्तो क्षति पुर्याएको हो ।

स्थानीय बिमल ओलीका अनुसार बाढीका कारण राज कुमार ओलिले स्टोर गरेर राखेको सम्पुर्ण टेका फर्मा, जनेरेटर, जस्ता पातामा पुर्ण रूपमा क्षती पुर्याएकाे छ । सिजन ओलीले घर र चौपायाको क्षती ब्यहोर्नुपरेको छ । स्थानीय कमल प्रसाद ओलीको भने घर तथा बाख्राको गोठ, डम्बरप्रसाद ओलीको दुहुनु भैसी बगाएको छ भने घर जोखिममा परेको छ ।

वडा अध्यक्ष खड्काले बाढीसँगै आएको पहिरोले सिँगटी–लामाबगर सडक अबरुद्ध भएको र अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment