दोलखा २० भाद्र । दोलखा स्थित विगु गाउँपालिका ४ खोलिखिम बजार माथि रहेको जोखिमयुक्त ढुंगाको व्यवस्थापनको लागि चौथो ब्लास्टिङको तयारी गरिएको छ । मंगलबार बेलुकीसम्म तेस्रो ब्लास्ट सकेर बुधबार चौथो ब्लास्टको तयारी गरिएको हो ।
चौथो ब्लास्टका लागि फेरी होल खोप्ने काम थालिएको छ । ढुङ्गा ब्लास्टिपछि निस्किएका टुक्राहरुको ब्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष सन्जिव ओलीको सक्रियतामा अन्य जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरु खटिएका छन् ।
गाउँपालिका अध्यक्ष ओलीले ढुङ्गाको व्यवस्थापनको निम्ति शनिवार काठमाडौँ पुगेर सरकारले सुरु गरेको हेल्लो सरकार कार्यक्रम मार्फत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेपछि प्रधानमन्त्री दाहालले रक्षा सचिवलाई समस्या समाधानको निम्ति पहल गर्न निर्देशन दिएका थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!