काठमाडौं । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाइ इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ।
भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलाएन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले आव २०८०–८१ को सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको नेपाल आयल निगमबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हवाइ भाडामा सबैभन्दा धेरै खर्च इन्धनमा हुन्छ। हवाइ भाडाको करिब ६० प्रतिशत खर्च इन्धनमा हुने भएकाले निगमको निर्णयले उद्धार कार्यमा सहजता हुनेछ।