राजकुमार भुजेल ,दोलखा । जिरी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सोमबार देखि अन्तर विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
जिरी नगरपालिकाको आयोजना तथा जिरी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व) ले गरेका थिए । प्रतियोगितामा नगर भित्रका ९ वटा विद्यालय सहभागी छन् । अन्तर मावि भलिबल प्रतियोगितामा विजेता हुनेले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नगर प्रमुख मित्र जिरेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व), बागमती प्रदेश सभाका सांसद उर्मिला सुनुवार, जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख दोर्जी शेर्पा, जिरीका उपप्रमुख कृष्णमाया बुढाथोकी लगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए ।
समारोहमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षा, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।