दोलखा । २९ औं जनयुद्ध दिवसको अवसरमा चरिकोटमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। मङ्गलबार साँझ सदरमुकाम चरिकोटको सातदोबाटोमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाको आयोजनामा दिपप्रज्वलन कार्यक्रममा सम्पन्न भएको हो।
त्यस्तै कार्यक्रममा पुर्व बागमती प्रदेश सांसद हिमाली गोले ,जिल्ला समन्वय समिति दोलखाका सभापति बर्जुराम घतानी लगाएतले मन्तव्य राखेका थिए भने पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।