काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २६.८१ अंकले घटेर १९७९ को विन्दुमा कायम हुन पुगेको छ । बजार लगातार छैटो दिन समेत ओरालो लागेको हो ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ ।
बजारमा गिरावट आउँदा समाज लघुवित्त र मोलुङ हाइड्रोपावरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी साम्लिङ पावर कम्पनीको ९.५६ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.२१ प्रतिशत, जोशी हाइड्रोपावरको ७.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।