दोलखा। आजदेखि सुरु हुने माध्यमिक परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट २ हजार ६ सय ४६ जना परीक्षार्थी सहभागि हुने भएका छन्। जसमध्ये १ हजार २ सय ३३ जना छात्र र १ हजार ४ सय १३ छात्राले यो वर्षको एसईई परीक्षा दिँदैछन्।
बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २३ गते सम्म चल्नेछ । परीक्षामा संलग्न हुने कुल विद्यार्थीमध्ये ८५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ७१ छात्र र १ हजार ३०३ छात्रा गरी कुल २ हजार ३७४ रहेका छन् । यसैगरी जिल्लामा रहेका ११ वटा संस्थागत विद्यालयतर्फ १३७ छात्र तथा १०१ छात्रा गरी कुल २३७ जना रहेका छन् ।यस्तै खुल्लातर्फ २६ छात्र तथा ९ छात्रा गरी कुल ३५ जना परीक्षार्थी रहेका छन् । यो वर्षको एसइई परीक्षामा दोलखाका ८५ वटा सामूदायिक विद्यालय, ११ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु सम्मिलित हुँदैछन् ।
यो पटकको परीक्षा विगतका वर्षहरूमा भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रत्येक परिक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष र एक जना सहकेन्द्राध्यक्ष परिचालन गरिएको इकाईले जनाएको छ।