दोलखा। जिल्लाको पर्यटकीय स्थल जिरीमा दोस्रो जिरी महोत्सव हुने भएको छ। “नेपालको स्वीजरल्याण्ड, सगरमाथाको प्रवेशद्वार ! समृद्ध जिरी निर्माणमा अर्गानीक कृषि, पर्यटन, संस्कृति र उद्योग छन् आधार” भन्ने मुल नाराका साथ जिरी उद्योग वाणिज्य संघले आगामी चैत २३ गते देखि २०८१ साल बैशाख २ गते सम्म महोत्सव आयोजना गर्न लागेको हो।
जिरीभित्रका पर्यटकीय स्थललाई गन्तव्यका रूपमा विकास र स्थानीय मौलिक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संङ्घ ले जनाएको छ। सो अवसरमा सङ्घका अध्यक्ष बाबुराजा श्रेष्ठले नयाँ वर्षको दिन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई महोत्सवमा ठुलो सङ्ख्यामा भित्राउने लक्ष्य लिएको जानकारी दिए।
त्यस्तै महोत्सव हेन आउने अवलोकनकर्तालाई महोत्सवमा भरपुर मनोरन्जन लिनको लागि विभिन्न आकर्षणहरू राखिनेछ।
त्यसमा कृषि उपजहरुको प्रदर्शन र विक्री , हस्तकला, चित्रकला, वस्तुकलाको प्रदर्शन र विकी,रमाईलो खेल तथा मनोरञ्जन,कलाकारहरुको बेजोड प्रस्तुती,साँस्कृतिक झाँकी प्रदर्शन,विभिन्न प्रतियोगिता,मौलिक खानाका परिकार ,गुराँस, चिमाल, सुनाखरी, चौरी, बन्यजन्तु, हिमश्रृखला, चिया, लोक्ता याक चिज, छुर्पी, ध्यू आदि उत्पादनको प्रत्यक्ष अनुभव का साथै पदयात्रा को समेत ब्यवस्था मिलाइनेछ।
अहिले महोत्सवको तयारी पूरा भइसकेको पनि सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन मार्फत संघले जानकारी दिएको छ भने महोत्सव नजिकिएसँगै प्रचारप्रसारको माहोल निकै तातिएको छ।