दोलखा। दोलखाको तामाकोशी नदीमा पौडी खेल्ने क्रममा दुइ जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो गौरीशंकर गाउँपालिका –८ खारेका अन्दाजी २५ वर्षिय सिमबहादुर तमाङ र २७ वर्षिय जयबहादुर तमाङ बेपत्ता भएका हुन्।
हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा पौडी खेल्न भनि हिँडेका उनिहरु बेलुका सम्म घर फर्केर आएनन्। अबेरसम्म पनि घर फर्केर नआएपछि परिवार तथा स्थानियहरुले खोजि कार्य गर्न सुरु गरेका थिए।
अहिले घटनास्थलमा खटिएको प्रहरी तथा स्थानियले उनीहरुको खोजी कार्य सुरु गरेका छन् ।उनिहरुलाई पौडि खेल्ने क्रममा तामाकोशीले बगाएर बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!