दोलखा। नेपाल साइकल यात्री अभिनय कार्कीले विश्व साइकल यात्रा सुरू गरेका छन्। विश्व वातावरण दिवसको अबसरमा सुरु हुने सो यात्राले ‘वातावरण जोगाऔंँ’ भन्ने मुख्य सन्देश प्रवाह गर्ने उदेश्यले आज एक कार्यक्रमका विच दोलखाको सदरमुकाम चरिकोटबाट यात्रा सुरू गरेका हुन्।
बिहान प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व) ले राष्ट्रिय झण्डा प्रदान गरेर साइकल यात्री कार्कीलाई विश्व साइकल यात्राका लागि विदाइ तथा सुभकामना व्यक्त गरेका थिए। सोहि अवसरमा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठ,सचिव सन्तोष फुयाल जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराई, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईं,,प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगाएत पत्रकार, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता सातदोबाटोमा उपस्थित भएका थिए।
जिल्लाको कालिञ्चोक गाउँपालिका – ३ लामिडाँडा घर भएका साइकल यात्री कार्की आफूलाई सहासिक र किर्तिमानी पुष्टि गरि छाड्ने अठोटका साथ अघि बढेका उनी साइकलबाटै संसारलाई एक फन्को मार्ने छन्।त्यस्तै साइकल यात्रामा कार्कीले यस अघि २०७७ सालमा मेची – महाकाली पैदलयात्रा तथा २०७८ सालमा मा साईकल यात्रा मार्फत नेपालका ७७ जिल्ला भ्रमण गरिसकेका छन्। अब उनले साइकल बाटै संसार फन्को मार्नेछन् । आजै साइकलको माध्यमबाट काठमाडौं पुग्ने उनको भनाई छ।