दोलखा। नेकपा (माओवादी) केन्द्र विद्यार्थी भात्री संगठन अनेरास्ववियु (क्रान्तिकारी) दोलखाको अध्यक्षमा नवराज बस्नेत र सचिवमा रुपेश अर्याल चयन भएका छन्। आइतबार जिल्लाको सिङ्गटीमा सम्पन्न भएको २० औं जिल्ला सम्मेलनबाट अध्यक्षमा बस्नेत र सचिवमा अर्याल चयन भएका हुन्।
समितिको उपाध्यक्षमा नारायण खाती र कमल थापा मगर चयन भएका छन् भने सह–सचिवमा कञ्चन तामाङ, किरण श्रेष्ठ र सुमन लोहार तथा कोषाध्यक्षमा मेलिसा ढुङ्गेल सहित ३९ सदस्यीय जिल्ला समिति निर्वाचित चयन भएका छन् । विद्यार्थी संगठन दोलखाको नेतृत्व गर्न संयोजक आर्टिस्ट मोक्तान तथा सह–संयोजक हरि खड्का र विकल खड्का बीच सहमति जुट्न नसकेपछि सङ्गठनको सह–संयोजकको जिम्मेवारी सम्हालेका बस्नेतको नेतृत्व नयाँ जिल्ला समिति चयन गरेको छ। अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पञ्चा सिंहले सम्मेलनको उद्घाटन गरेकी थिइन्। उनी जनयुद्धका महान सहिद क.रित वहादुर खड्काको स्मृति दिवस,महान शहिदहरुकाे सम्झनामा १०१ वर, पिपल र समि वृक्षारोपण कार्यक्रममा समेत उपस्थिति भइन्।
त्यस्तै सम्मेलनको बन्द सत्रमा अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्षहरु पवन कार्की, केशव रावल, तुकमान महरा, इन्द्र भुषाल र महासचिव दिपेश पुन लगायतले प्रशिक्षण दिएका थिए भने उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखा नेता , कार्यकर्ता, विद्यार्थी नेता, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।