दोलखा । बाढीपहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकाको रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । शनिबार करिब साँढे ११ बजेतिर गाउँपालिका अध्यक्ष विश्वास कार्कीसहितको टोली उद्धारका लागि हेलिकप्टर लिएर चरिकोटबाट उडेका हुन् ।
रोल्वालिङमा फसेका १४ जनालाई हेलिकप्टर मार्फत चरिकोट ल्याइने अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । बाढीले सोही ठाउँका स्थानीय बस्तीहरुमा पनि क्षति गरेकाले स्थानीयका लागि खाद्यन्न तथा राहत समेत लगिएको छ ।
असार २५ गते रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र फड्के खोला समेत बगाएको छ । सोही कारण च्छोरोल्पा घुम्न गएका पर्यटक सहित स्थानीयको टोली बीच बाटोमै अलपत्र परेका थिए ।