राजकुमार भुजेल,दोलखा। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जिल्लामा ठुला तथा साना गरी ३५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परि ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरिक्षक (असई) ठाकुर प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार ३० जना पुरुष, १२ जना महिला र १ जना बालक गरि ५३ जना गम्भीर घाइते भएका छन् त्यस्तै ३६ जना पुरुष,१८ जना महिला ,१/१ जना बालक र बालिका सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ।
कार्यालयले यस अवधिमा ८ हजार २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै जिल्ला भित्रका विभिन्न माध्यमिक विद्यालय र सवारीसाधनका चालकहरुलाई गरि ३ सय ४६ पटक जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो भने उक्त कार्यक्रमबाट ५१ हजार भन्दा बढी लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।