आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारनेपाल प्रहरीमा जागिर छाड्नेको लर्को, एकै वर्षमा ७९२ ले दिए राजीनामा

नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को, एकै वर्षमा ७९२ ले दिए राजीनामा

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं । एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजीनामा बढेको छ ।२०७९–८० मा ६ सय ३३ तथा २०७८–७९ मा चार सय ९९ जनाले मात्र राजीनामा दिएका थिए । सुविधा कम तथा डिउटी धेरै हुने भएकाले तल्लो तहका धेरै प्रहरीले पेन्सन अवधि पुगेपछि राजीनामा दिने गरेका छन् ।

कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेका छन् । तल्लो तहका प्रहरीले १६ वर्षमै पेन्सनको सुविधा दिन माग गर्दै आएका छन् । पछिल्लो समयमा जागिर छाड्नेको लर्को नै देखिएको छ ।

हरेक सरकारले बोलीमा त्यसलाई सम्बोधन गर्ने बताएपनि कार्यान्वायनमा भने प्राथमिकता दिएका छैनन् । जबकी नेपाली सेनामा चार वर्षअघि नै यो प्रावधान कार्यान्वायन भइसकेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment