हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिदैँ हुनुहुन्छ ।आज अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका लामा गत साउन ८ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ जना र एमालेका २७ जना सांसदको समर्थन रहेको छ ।