काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक भएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार ४ सय ५७ परीक्षा केन्द्रबाट ३ लाख ७२ हजार ६३७ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। ती मध्ये ६ हजार ९७६ जना विद्यार्थीले सो जिपिए ल्याएका हुन् ।
त्यस्तै, ३८ हजार ९९९ जना विद्यार्थीले ३ दशमलब २१ देखि ३ दशमलब ६०, ६९ हजार एकसय ७४ जना विद्यार्थीले २ दशमलब ८१ देखि ३ दशमलब २० र ६३ हजार ७७ जना विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ११ हजार चार सय ३८ जना विद्यार्थीले २ दशमलब ०१ देखि २ दशमलब ४० र ४७ जना विद्यार्थीले १ दशमलब ६१ देखि २ जिपिए ल्याएका छन् ।
एक लाख ८२ हजार नौ सय २६ जना विद्यार्थी भने कम अंक प्राप्त गरेका कारण नन ग्रेडिङमा परेका छन् । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको नतिजामा सुधार आएको बोर्डले प्रकाशित गरेको नतिजाले देखाएको छ ।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० र नेपाल टेलिकमको १६०१ नम्बरमा एसएमएस पठाएर पनि हेर्न सकिने छ।