दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिब हितमान शाक्यले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार रहेको बेला माओवादिका सरकार जनताको सरकार भन्ने जनतामा छाप बसेकोले सरकारका बिरुद्ध हुने सबखाले प्रतिगामी शक्तिका बिरुद्धमा माओवादी आधार इलाका प्रदेश लुम्बिनी प्रदेशले रक्षार्थका लागि एक धिक्का भएर लाग्न निर्देशन दिए ।
पार्टीको सरकार नेपालको जनयुद्ध सफल बनाउन जनबर्गिय सङ्गठनहरुको पार्टीको आधारभुत सङगठन भएकोले शान्तिपूर्ण राजनितीमा सबै जन बर्गिय सङगठनको परिचालनमा पहिलो प्राथमिकता दिएको बताए ।
यस्तो कुरा सचिब शाक्यले नेकपा माओवादि केन्द्रको घर घरमा माओवादि केन्द्र, जन जन माओवादी केन्द्र बिशेष रूपान्तरण अभियानको शिलशिलामा लुम्बिनी प्रदेश पार्टीको आयोजनामा भएको जनबर्गिय सङ्गठनको अध्यक्ष र इन्चार्जहरुको सम्वनयात्क बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश भलुबङमा बताए ।
उनले माओवादीको तीन महिने अभियानमा जनताको घर घर सम्म पुगेर गहिरो छलफल गरि पार्टी र नेताहरु रुपान्तरण हुनु पर्ने समेत बताए । जनतामा माओवादिहरूको बिचार, राजनितिले आमुल परिवर्तन भएको बताउँदै यसको सकरात्मक रुपमा पुर्याउन नसकेकोले ३ महिनामा पुर्याउनु पर्ने बताए ।
लुम्बिनी प्रदेशका इन्चार्ज तथा सचिब हितमान शाक्यले जनयुद्धको पनि लामो समयको तयारिपछि प्रचण्डको नेतृत्वमा भएकोको बताउँदै अब पनि शान्तिपूर्ण राजनितीक समयमा पनि ब्रेक गरेको बताए ।
सम्बोधनको शिलशिलामा उनले माओवादीले जनतामा आशा दिएको बताउँदै जनताको घर घरमा जानका लागि र सबै तन, मनले खटेर आमुल परिबर्तन हुनुपर्ने बताए । जनताको जनमत माओवादीमय बनाउनुको लागि प्रदेशको सबैलाई वडामा केन्द्रिकृत हुन आदेश दिए ।
उनले राजनीति सत्ता र सरकारि सत्ता र सामाजिक सत्ता बनाउदै जनतमत सृजना गर्न अपिल गरे ।
बैठकमा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशको पार्टी नया बनाउन र जनताको घर घरमा जानेको लागि कार्य योजना निर्माण गरेको बताउँदै अब लाग्नका लागि लाग्न निर्देशन दिए ।बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य निर्मल आचार्य लगातयतको उपस्थिति रहेको थियो ।