ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ ।
शुक्रबार ललितपुरको डिलाइट पार्टी भेन्यूमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १६७ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
कार्यक्रम माओवादी केन्द्रको जिल्ला समन्वय समिति ललितपुरले कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिने बताए।