नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’अन्तर्गत दोलखाको गौरिशंकर गाउँपालिकाले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित खारेमा शनिबार आयोजित तीज विषेश कार्यक्रमको अवसरमा लाक्पा शेर्पाको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा कमिटि गठन गरिएको छ । वडा नम्बर ८ स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजना र खारे आमा समुहको सहआयोजनामा आयोजित कार्यक्रममा कमिटी इन्चार्जका रुपमा सलिना तामाङ, सचिवमा रोजिना खत्री र कोषाध्यक्षमा कल्पना तामाङ चयन भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा ८ का माओवादी केन्द्रका पार्टी अध्यक्ष विश्वनाथ खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य नर पाख्रिन, विषेश अतिथि माओवादी केन्द्र वागमती प्रदेश कमिटी सदस्य तथा गौरीशंकर गाउँपालिकाका पार्टी इन्चार्ज विश्वास कार्की तथा अतिथिहरु माओवादी केन्द्रका गौरीशंकर गाउँपालिकाका पार्टी अध्यक्ष युग बहादुर बस्नेत र माओवादी केन्द्रका गौरीशंकर गाउँपालिकाका पार्टी सचिव दावारिन्जी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।