भीमेश्वर नगरपालिका वडा न ५ ले सडकको दायाँबायाँ बनेका अबैध घर तथा टहरा हटाउनको लागी सार्वजनिक सूचना जारी गरेको छ ।
बिहिवार सूचना जारी गर्दै वडा अध्यक्ष बासु श्रेष्ठले कमिन्चौर महेन्द्रोदय मावि सडक मापदण्ड अनुसार बनाउनुपर्ने भएकाले सडकको सेट ब्याक ५ मिटर छाडी टहरा र ७ मिटर छाडी घर निर्माण गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका मापदण्ड बिपरितका घर तथा टहरा एक महिना भित्र हटाउन अनुरोध गरेका हुन ।
अध्यक्ष श्रेष्ठले अब गरिने विकासका कामलाई दिगो विकासका रुपमा गरिनुपर्ने समेत बताएका छन् । सुरुमा सडक फराकिलो बनाउनुपर्ने , त्यसपछि नाला बनायर अन्य काम गर्न सके राज्यको लगानी खेरा नजाने उहाँको भनाइ छ । “हाम्रो त यो वर्ष सोलिङ गर्यो , ढलान गर्यो , बाटोको चौडाइ पुगेकै हुदैन , फेरी यो वर्ष गरेको काम अर्को वर्ष भत्काएर फेरि त्यहि काम त्यही ठाउँमा गर्नको लागि बजेट छुट्टाउने परिपाटी छ,यसले राज्यलाई अबौंको भार परिरहेको छ” अध्यक्ष श्रेष्ठले भने । यस्तो परिपाटी अन्त्य नगरिन्जेलसम्म राज्यको लगानी बालुवामा पानी हुने श्रेष्ठको जिकिर छ ।
वडा कार्यालय जाने मुख्य सडक भएकाले दैनिक स्थानीयहरु यहि बाटो हुँदै आवतजावत गर्ने गर्छन् ।
साच्चिकै विकास निर्माण सम्बन्धि कार्य गर्नु पुर्व आज बनेका संरचना भत्काउन पर्ने बाध्यताको अन्त्य गर्न सके केही हदसम्म भएपनि राज्यको लगानी बालुवामा पानी बन्नबाट बच्नेछ ।