जाजरकोट । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।
जाजरकोट केन्द्रविन्दु भएर शनिबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनको मृत्यु भएको हो।
नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।