राजकुमार भुजेल , दोलखा । जिरी नगरपालिकामा बनेको नवनिर्मित हिम सामुदायिक भवनको उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमका बीच जिरी नगरपालिका ६ चेप्टे मा निर्माण गरिएको नवनिर्मित भवन उद्घाटन गरिएको हो।
अमेरिकाका बबि हायर हिमालयन संयुक्त ख्रीष्टियण संगती नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवार र हिमालयन संयुक्त ख्रीष्टियण संगती नेपालका सल्लाहकार समितिका संयोजक लोक बहादुर सुनुवारले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । हिम सामुदायिक जिरीको अनुरोधमा बबि हायरले इनक्याप इन्भेस्टमेन्ट मार्फत ९० लाख भन्दा माथिको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको जिरीका पत्रकार नबिन सुनुवार ले जानकारी दिए।
नवनिर्मित दुइ तले भवनमा करिब १ सय विश्वासीहरुले सेवा संगति गर्नेछन्। उदघाटन कार्यक्रममा मण्डलीका पास्टर, एल्डर, डिकन, अगुवा, मण्डलीका विश्वासी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो।