राजकुमार भुजेल , दोलखा । गौरीशंकर गाउँपालिकामा कुकुरले घर पालुवा पशु चौपायामाथि आक्रमण गर्ने र खाने गर्न थालेपछि गाउँमा कुकुरलाई छाडा छोड्न निषेध गरिएको छ । पालिका को वडा नम्बर २ स्थित जुगुमा छाडा छोडिएका घर पालुवा कुकुरले नै गाउँलेका बाख्रा कुखुरा सिकार गरेर खान थालेपछि वडाले यस्तो निर्देन दिएको हो ।
बिहिबार सुचना जारी गर्दै वडाले यस्तो निर्देशन जाी गरेको हो । विज्ञप्तिमा वडाले कृषकहरुलाई आफूले पालेको पशु चौपायाको सुरक्षाका लागि सचेतता अपनाउन समेत आग्रह गरेको छ। त्यस्तै, आफ्नो घरमा पालेको कुकुरलाई सही तरिकाले नियन्त्रणमा राखी पाल्न आग्रह गरेको छ । यदि वडाको सुचनालाई वेवास्ता गरेमा कारबाही गर्ने वडा अध्यक्ष रोहित बुढाथोकीले हस्ताक्षर गरेको सुचनामा उल्लेख छ ।